Logo

वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी



वेस्ट इन्डिज, ३० असार । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी भएको छ ।

भारतले घरेलु टोलीलाई एक इनिङ्स र १ सय ४१ रनको अन्तरले हराएको हो । योसँगै दुई टेस्टको श्रृंखलामा भारतले १-० को अग्रता बनाएको छ ।

दोस्रो पारीमा वेस्ट इन्डिज १ सय ३० रनमा अलआउट भएपछि तेस्रो दिन नै पराजित भएको हो । वेस्टइन्डिजका एलिक एथानाजेले २८ र जेसन होल्डरले २० रन बनाए । अरु कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ७ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिए । त्यसअघि भारतले पहिलो पारीमा ४ सय २१ रन बनाउदा ५ विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो ।

भारतका यशस्वी जैसवालले १ सय ७१ रनको शतकीय पारी खेलेका थिए । उनी प्लेयर अफ द म्याच भए । यस्तै रोहित शर्मा १ सय ३ र विराट कोहली ७६ रनमा आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज १ सय ५० रनमा अलआउट भएको थियो । वेस्टइन्डिजले घरेलु मैदानमा भारतसँग दुई टेस्ट, तीन एकदिवसीय र पाँच टि-२० श्रृंखला खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्