Logo

वैदेशिक रोजगारीबाट फर्किएर श्रीमतीको हत्या !



झापा, २२ चैत । झापाको बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्सिया ममसरी राजवंशीको हत्या गरेका छन् ।

राजवंशीले आज बिहान खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले राजवंशीलाई बिहान ६ः३० बजे खुकुरीसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारीमा गएका राजवंशी चार दिनअघि मात्र ओमानबाट फर्किएका थिए ।

श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध थिइन् ।

प्रतिक्रिया दिनुहोस्