Logo

वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गर्ने भण्डारी पक्राउ



झापा, १८ पुस । वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै झण्डै दुई लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धुलाबारी घर भइ अहिले काठमाडौँको कीर्तिपुर बस्दै आएका ३२ वर्षीय हेमसागर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले समीर तामाङ नाम गरेका एक व्यक्तिलाई कतारको प्रतिष्ठित कम्पनीमा महिनाको लाखौँ कमाइ हुने काम लगाइदिने भन्दै पीडितबाट एक लाख ७२ हजार रुपैयाँ लिएर फरार रहेका थिए ।

पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा भण्डारीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि भण्डारीलाई वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्