काठमाडौँ, १३ चैत । वैदेशिक रोजगारीमा जानको लागि गएको फागुन महिनामा मात्रै ५३ हजार भन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।
पुनः श्रम स्वीकृति लिएका समेत गरि फागुनमा ५३ हजार चार सय ५७ जनाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
जसमध्ये ४ हजार ७ सय १४ महिला र बाँकी पुरुष रहेका छन् । यस्तै ३ हजार १ सय २८ महिला समेत गरि २७ हजार ५ सय २० जनाले पहिलो पटक वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।
विभागको तथ्यांकका अनुसार सबैभन्दा धेरै साउदी जानको लागि १५ हजार ६ सय ८५ जनाले र कतारको लागि १५ हजार ६३ जनाले श्रम स्वीकृति लिएका छन् ।