Logo

वैदेशिक रोजगार व्यवसायीको निर्वाचन ः डा. जिसीको नेतृत्वमा प्यानल घोषणा



काठमाडौँ, १ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको माघ ६ गते हुने निर्वाचनमा डा. इश्वर जिसीको नेतृत्वमा व्यावसायिक प्यानल घोषणा भएको छ ।

एयरपोर्ट होटलमा आइतवार साँझ आयोजित एक कार्यक्रम बीच उम्मेदवारी घोषणा भएको हो । उम्मेदवारी घोषणा सभामा अध्यक्षका उम्मेदवार जिसीले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरे । उम्मेदवार परिचय कार्यक्रममा अध्यक्षका उम्मेदरवार जिसीसहित प्रथम उपाध्यक्ष धनलाल जैसी, द्वितीय उपाध्यक्ष बाबुराम खड्का, तृतीय उपाध्यक्ष अनिल बोगटी, महासचिव दिवाकर रिजाल, सचिव टक्करबहादुर पाख्रिन र कोषाध्यक्ष केदारनाथ अधिकारी (दीपेन्द्र)ले व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी सदस्यहरु प्रेमबहादुर गिरी, देवीमायाँ थापा (दिव्या), एकनारायण काफ्ले, फिरोज खान, कामेश्वर साह (राहुल), सरोज कुशहवा, गणेश कुँवर, सन्दीप पुडासैनी, हरिबहादुर गिरी र शिवबहादुर कुँवरले समेत व्यवसायीको हितमा कार्य गर्ने बताए । व्यवसायिक प्यानलले देश विकासको आधार, सम्मानित वैदेशिक रोजगार भन्ने नाराका साथ चुनावी अभियानमा होमिएको छ । उम्मेदवार मनोनय भइसकेको छ ।

कार्यक्रमका प्रमुख अतिथी रहेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले वैदेशिक रोजगार व्यवसायलाई सम्मानजनक बनाउनु पर्नेमा जोड दिए । पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले कर तिर्न तयार रहेका व्यवासयीका लागि त्यस अनुसारको बातावरण हुनु पर्ने बताए । देशको १६ खबृको अर्थतन्त्रमा १० खर्ब वैदेशिक रोजगारबाट आउने शर्माले बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले इश्वर जिसीको नेतृत्वको समूह विजयी भए वैदेशिक रोजगार व्यवसायमा देखिएका समस्या समाधान हुने बताए । उनले देशको अर्थतन्त्र धान्ने, रोजगार सिर्जना गर्ने व्यवसायलाई सम्मानजनक बनाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य लक्ष्मण पन्तले वैदेशिक रोजगार व्यवसायीका अधिकारका लागि सरकार कानुन संशोधन गर्नु पर्ने बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकालले व्यवसायीलाई आतंकित बनाउने काम भएको बताए । उनले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर हुनु पर्ने बताए । व्यवसायिक प्यानलका जिताउने अभियानका संयोजक नरेन्द्र राउतले अध्यक्षता गरेको कार्यक्रममा स्वागत होम नेपाली र संचालन सुरज गुण्डे गरुङले गरेका थिए । संघको माघ ६ गते हुने निर्वाचनबाट १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने भएको छ । कुल ६ सय ९२ जना मेनपावर मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्