Logo

वैदेशिक शक्तिहरूको बलमा जबर्जस्ती धर्मनिरपेक्षता घोषणा गरियो: थापा



काठमाडौँ, २६ असार । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालमा गुमेको हिन्दूराष्ट्रको पहिचान छिट्टै पुनःस्थापित हुने दाबी गरेका छन् ।

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वैदेशिक शक्तिहरूको बलमा जबर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको बताएका हुन् ।

नेपाललाई हिन्दूराष्ट्रको रुपमा पुनर्स्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दू, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनुपर्ने बताए। उनले धर्म परिवर्तनको डढेलोलाई रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्