काठमाडौं, १ साउन । वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाउनु भएको छ । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गर्नु भएको थियो ।
गत चैत २० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गर्नु भएको थियो । त्यसबेला उहाँ कार्यक्रमका लागि विदेशमा हुनुहुन्थ्यो ।
विदेशबाट फर्किएर उहाँले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको थियो । गायक ओडले जेठ ३ गते पाँच लाख धरौटी तिरेर थुना बाहिरबाट मुद्दा लड्दै आउनु भएको थियो । ओड नेपाल आइडल सिजन २ का विजेता हुनुहुन्छ ।