Logo

व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौँ: अध्यक्ष ओली



काठमाडौँ, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदै छ । धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको र, यो खुसीको कुरा रहेको बताएका हुन् ।

‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनैपर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्