Logo

‘व्यवसायी सदस्य राहत कोष’मा रकम जुट्ने क्रम जारी



झापा, १७ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा रकम जुट्ने क्रम जारी छ ।

व्यवसायीको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेको संघको कोषमा सुवास ज्वेलर्सका सञ्चालक सुवास धमलाले २१ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । उहाले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा सहयोग रकम प्रदान गर्नुभएको हो । संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई सो रकम धमलाले हस्तान्गरण गर्र्नुभएको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमकाबीच कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याउने धमलालाई कदरपत्रद्वारा सम्मान प्रदान गरिएको छ । संघका अध्यक्षसहित पदाधिकारी र सदस्यले धमलाको सु स्वास्थ्य र दीर्घयूको कामना गर्दै सम्मान गरेका हुन् ।

कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गर्नुभएके थियो ।

प्रतिक्रिया दिनुहोस्