काठमाडौँ, ३ पुस । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयले व्यवस्थित र पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेको बताएका छन् ।
न्याय परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्ने उद्देश्यले नै परिषद् स्थापना गरिएको उल्लेख गरेका थिए ।
“न्याय परिषद् न्यायाधीश नियुक्ति, बर्खास्ती, सरुवा र बढुवा, न्याय प्रशासन सञ्चालन गर्ने उद्देश्यले परिकल्पना गरिएको हो”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्ने काम भइरहेको छ ।” परिषद्को कामप्रति भरोसा गर्न आग्रह गर्दै उनले आएका उजुरीको निष्पक्ष छानबिन गर्ने काम भइरहेको बताए ।






