Logo

शंकराचार्य पीठ साधुटारमा आयोजना हुने अतिरूद्र महायागको तयारी तिव्र, आर्थिक सहयोग जुट्दै



झापा, २२ पुस । जगतगुरु श्रीरामानन्दचार्य सेवापीठ बराहक्षेत्र १ चताराधामका अनन्तती विभूषित जगतगुरु श्रीरामानन्दचार्य स्वामी रामकृष्णाचार्य महायोगी शिद्ध बाबाले झापाको अर्जुनधारा १ मा रहेको शंकराचार्य पीठ साधुटारमा आयोजना हुने सर्वकल्याण अभिषेकात्मक अतिरूद्र महायाग सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

शंकराचार्य पीठको अवलकनपछि महायोगी शिद्धबाबाले महायाग सम्पन्न गर्न सबै देशबासी लाग्नु पर्ने धारणा राख्दै आफ्नो तर्फबाट ५१ हजार रुपैयाँ सहयोग प्रदान गरे । जगतगुरु श्रीरामानन्दचार्य सेवापीठ बराहक्षेत्र १ चताराधामका अध्यक्ष बाबुराजा ओझाले ५१ हजार रुपैयाँ बरावरको चेक शंकराचार्य पीठ साधुटारका आचार्य प।खतिवडालाई हस्तान्तरण गर्नुभएको हो ।

महायोगी शिद्धबाबाले अतिरुद्र महायाग ठूलो महायज्ञ भएकाले त्यसको अपनत्व झापावासीले लिनु पर्ने बताउनु भयो । महायाग सम्पन्न गर्न आफूले चिनजानेका सम्पूर्ण पीठ सहित सन्त तथा भक्तजनलाई सहयोग पु¥याइदिन आग्रह गर्ने बताउँदै महायोगी शिद्धबाबाले महायाग पूर्बकै सान भएकाले यसलाई सबै मिलेर सफल बनाउनु पर्ने धारणा राख्नुभयो ।

यसैबीच नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवाश भट्टराईले महायाग सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्ने बताउँदै ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो । उहाले आफू निकट संघ संस्था सहित स्थानीय, प्रदेश र संघीय सरकारको तर्फबाट समेत सहयोग जुटाउनका लागि पहल गर्ने समेत बताउनुभयो ।

‘सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग’का विषयमा जानकारी पीठका आचार्य खतिवडाले आगामी माघ १ गतेदेखि ११ गतेसम्म महायाग हुने र त्यसको तयारी तीब्र पारिएको बताउनुभयो । उहाले महायाग सम्पन्न गर्न दुई करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनुभयो ।

दाताको सहयोगमा सम्पन्न गर्ने महायागका लागि अहिले रकम संकलन गर्ने र प्रचार प्रसारको काम अघि बढाइएको उहाको भनाई छ ।
पुस २९ गते पूर्णिमाकादिन साधुटारबाट कनकाई माई पुगेर जल लिएर भब्य रुपमा कलसयात्रा गर्ने योजना रहेको खतिवडाको भनाई छ ।
विश्वशान्तिको कामना सहित महायागको तयारी गरिएको पीठका अध्यक्ष समेत रहेका खतिवडाले बताउनुभयो ।

अध्यक्ष खतिवडाका अनुसार अभिषेकात्मक अतिरुद्र महायाग भनेको एक पटक रुद्री पढेर गर्नुलाई रुद्र, ११ पटक रुद्री पढेर अभिषेक गर्नुलाई रुद्री, १२१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई लघुरुद्री, १ हजार ३ सय ३१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई महारुद्री र १४हजार ६ सय ४१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई अतिरुद्री भनिन्छ । १५१ जना उपाध्याय ब्रह्मण पण्डीतले महायागमा वरण गर्ने अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
महायागबाट रहेको यज्ञशेष गुरुकूलको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोडको अक्षयकोष स्थापना महाअभियानमा सुरक्षितसमेत गरिने अध्यक्ष खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्