Logo

शङ्घाई सहरमा लकडाउन घोषणा



चीन, १४ चैत । चीनको शङ्घाई सहरमा लकडाउन घोषणा गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउनको घोषणा गरिएको हो । अबको ९ दिनसम्म शङ्घाईमा दुई चरणमा लकडाउन हुनेछ ।

सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । शङ्घाईमा रहेका सबैको स्वास्थ्य परीक्षणका लागि लकडाउन घोषणा गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने खबरमा उल्लेख गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण शून्य जस्तै रहेको चीनमा फेरि सङ्क्रमण बढ्न थालेको छ । चीनले सङ्क्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्