Logo

शनिश्चरे माबिको ७७ औं बार्षिक उत्सब सम्पन्न



झापा, ३ फागुन । शनिश्चरे माबि अर्जुनधारा ८ ले ७७ औं बार्षिक उत्सब भब्यताको साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा भर्खरै सम्पन्न राष्ट्रपति रनिङ कपमा स्वर्ण स्वर्ण २० कास्य १३ र रजत ८पदक प्राप्त गरि प्रथम स्थानमा पुर्याउने विद्यार्थीहरुलाइ सिल्ड ट्रफी प्रदान संगै नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरी विभिन्न अक्षयकोषबाट विद्यार्थीहरु नगदसहित सम्मानित भएका छन जसमा छत्र थापा स्मृति पुरस्कारबाट एसइइ २०८० मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी राजेस कुवर र सन्ध्या खतिवडा , लोकनाथ हेमकला वृत्ति बिकास अक्षयकोष पुरस्कारबाट एसईइमा उत्कृष्ट जिपिए ल्याउने दर्पण आचार्य र सन्ध्या खतिवडा, भिमा स्मृति पुरस्कारबाट सुरज ओली र सन्ध्या खतिवडा, बिसुजु सेवन्ता अक्षयकोषबाट आयुस्मा सन्योङ्ग, रुद्र तोरण स्मृति पुरस्कारबाट दलित जनजातिबाट कक्षा ६ कि कन्चन बागदास र प्रिती रजक र हरिबिलास बन स्मृति पुरस्करबाट विभिन्न कक्षाका सेमुहाङ्ग्वा सम्वाहाम्फे, बादल बिक, निकिता सापकोटा, मनिस सापकोटा, सरस्वती सिलवाल,अनुस्का निरौला,निश्चल खतिवडा, समिक्षा दनुवार,उमेस राउत, एजिना घिमिरे, दिनेश सापकोटा, दिब्या काफ्ले, प्रियाका यादव, तुलसा तिमसिना साथै उत्कृष्ट चित्रकारमा सन्जोग शिवा नगदसहित सम्मानित भएका छन ।

यसैगरी लोकनाथ हेमकला वृत्ति बिकास अक्षयकोषमा थप पचास हजार सहित छोरा राजेन्द्र पौडेलले दुई लाख एकाउन्न हजारको राजेन्द्र अम्बिका वृत्ति बिकास अक्षयकोषका लागि पुर्ब शिक्षक एवम् बुबा लोकनाथ पौडेलले चेक हस्तान्तरण गर्नु भएको थियो । पुर्ब विद्यार्थी एवम् शसत्र प्रहरी नायब महानिरीक्षक कोशी प्रदेश प्रमुख शम्भु सुबेदीले आफ्नो बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

साथै २०८१ बिद्यालय उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुमा सुजन राना, तिलोचन अधिकारी त्यसै गरि जगत मोक्तान, शिवजङ्ग गौतम र भवानी गौतम नगदसहित सम्मानित हुनु भएको छ ।

त्यसैगरी अवकाश हुनु भएका शिक्षक रोहित खापाङ्गी, भिम प्रसाद नेपाल समेत दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न खेल बिधाका प्रशिक्षकहरु हेमनारायण चौधरी, पुजा खवास, रिचा श्रेष्ठ, जीवन राइ, दिपेन दनुवार, लक्ष्मी राजवंशी र विवेक गिरी लगायत दाताहरूलाई समेत सम्मान गरिएको थियो ।

बिद्यालयको इतिहास बोकेको गितमा विद्यार्थीहरुको नृत्य तथा शिक्षक स्वागत गरिएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तिलचन पाठकले झापाकै दोस्रो स्थापना भएको यश बिद्यालयबाट उत्कृष्ट शिक्षा हासिल गरी बर्तमान प्रतिनिधि सभाको उपसभामुख जस्तो गरिमा स्थान रहेकी इन्दिरा राना मगर सहित राजदुत, राजनीति, सुरक्षा समयन्त्र, डाक्टर, संघ सस्था सहकारी, बैंक प्राचार्य कवि साहित्यकार गायक संगीत आदि क्षेत्रमा आफ्नो नाम सहित देशमा सेवा गरिरहेका ब्याक्तित्व जन्माउन सफल बिद्यालय प्रती नमन गर्दै आउदा दिनमा यस्तै ब्याक्तित्वहरु जन्माउन सफलताको कामना सहित नमुना बिद्यालयको रूपमा स्थापित भैसकेकोमा शिक्षक तथा बिद्यालय ब्यवस्थापन समिति एवम् अब्बल विद्यार्थीहरुलाइ धन्यवाद व्यक्त गर्नु भएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षता संचालित कार्यक्रममा बिद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक बिनोद प्रसाद गौतमले गर्नु भएको थियो भने स्वागत गित जीवन धिताल प्रस्तुत गर्नु भएको थियो भने सहजीकरण शिक्षक कपिल तिमसिनाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्