काठमाडौँ, १७ साउन । प्रतिनिधि सभाको मङ्गलवारको बैठले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘शपथसम्बन्धी विधेयक २०७९ मा विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको यस प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा.भीमबहादुर रावल, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर लामा, गजेन्द्र महत, खेमप्रसाद लोहनीले आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री बडूले सार्वजनिक पद धारणा गरेका व्यक्तिको शपथमा कानुनी शून्यता हुन नदिन शपथसम्बन्धी छुट्टै कानुन आवश्यक भएकाले विधेयक ल्याइएको बताए ।







