Logo

शरणार्थी प्रकरणमा बदमासी गर्नेलाई कानुनी दायरामा ल्यानुपर्छ: नेपाल



विराटनगर, २४ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधवकुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नमा बदमासी जोसुकै भए पनि दण्डित हुनैपर्ने  बताएका हुन् ।

उनले घटनाका संलग्नलाई बचाउने दबाबको सामु सरकार झुक्न नहुने समेत बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्ता प्रति औँल्याउदै उनले घटनामा संलग्न दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृह मन्त्रीलाई समेत दबाब आएको भए पनि सरकार झुक्नु नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्