काठमाडौं, २० साउन । आफूलाई अभियनता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले वाइवालाई पोखरा लेकसाइडबाट मंगलबार पक्राउ गरेको छ ।
कास्की प्रहरी सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले साइबर ब्युरोको पत्रका आधारमा वाइवालाई पक्राउ गरिएको जानकारी दिनुभयो । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा वाइवालाई पक्राउ गरिएको बस्नेतले बताउनुभयो ।
पक्राउ गरी साइबर ब्युरोमा पठाइसकेको प्रहरीले जनाएको छ ।