Logo

शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्रीमा निर्वाचित



पाकिस्तान, २८ चैत । पाकिस्तानमा शहबाज शरिफ देशका २३औँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।

उनले तल्लो सदन न्याश्नल असेम्ब्लीमा १७४ मत पाएका थिए भने पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का उम्मेदवार शाह महमुद कुरेशीले एक मत समेत पाएनन् ।

त्यसअघि इमरान खान सहित पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन न्याश्नल असेम्ब्लीमा राजीनामा घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्