Logo

शान्ति प्रकृया टुङ्गोमा लगाउने बेलासम्म गठबन्धन कायम: प्रचण्ड



चितवन, ३ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा उनले सङ्घ र प्रदेशको निर्वाचनसम्म मात्रै नभएर शान्ति प्रकृया टुङ्गोमा पु¥याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामुहिकतामा नै जाने बताएका हुन् ।

देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्दै उनले भने, “अहिले पनि समस्या र चुनौति त छन्, यद्यपी गठबन्धनको सरकारले ती मुद्दा समाधान गर्दै अघि बढेको छ ।” अहिले देशमा एक्लै हिड्ने प्रवृत्ति र मिलेर हिड्ने प्रवृत्तिका बीचमा लडाइँ भइरहेको उनले बताए । हरेक पार्टीभित्र पनि यो प्रवृत्ति कायम रहेको भन्दै उनले भने, “हिजो प्रतिगमनतिर जान खोज्ने, संविधान मिच्न खोज्ने, लोकतन्त्रलाई मास्न खोज्ने प्रवृत्ति एक्लै हिँडेको छ । अर्को सबै मिलेर जाउँ भन्ने प्रवृत्ति रहेको छ ।” एकताको पक्ष र विरोधीका बीचमा अहिले लडाइँ चलिरहेको उनले बताए ।

स्टेर्ट पार्टनरसीप प्रोग्राम (एसपिपी) पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएको उनले बताए । उनले भने, “राष्ट्रवादको ढोङ्को पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन पनि अपिल गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्