Logo

शिक्षकको प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त



काठमाडौँ, ४ असोज । शिक्षकहरुको विद्यालय शिक्षा ऐनको विरोधमा भएको प्रदर्शन आज पनि जारी छ । काठमाडौँको माइतीघर क्षेत्रमा भएको प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

प्रदर्शनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीसाधन जाममा परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शिक्षकहरूलाई कार्यक्रमको रुट परिवर्तन गर्न अनुरोध गरे पनि प्रदर्शन जारी छ ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज दोस्रो दिन पनि शिक्षक प्रदर्शन उत्रिएका हुन् । सरकारकातर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज बिहान बोलाएको छलफलमा शिक्षक प्रतिनिधि सहभागी भएपनि सहमति हुन सकेन ।

बुधबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी शिक्षकहरु काठामाडौँ केन्द्रित प्रदर्शनमा छन् ।

प्रतिक्रिया दिनुहोस्