Logo

शिक्षा मन्त्रालयले बोलाएको आजको वार्तामा शिक्षक महासङ्घ नबस्ने



काठमाडौँ, २ असोज । शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ ।

शिक्षा मन्त्रालयसँग यसअघि पनि पटकपटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासङ्घले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ ।

‘हामी वार्तामा बस्दै नबस्ने भन्ने होइन, तर आज शिक्षा मन्त्रालयसँग मात्रै छलफल गर्दैनौँ । सरकार प्रमुखसहित सरोकारवाला सबै निकायसँग वार्ता हुने भए मात्र सहभागी हुन्छौँ’,महासङ्घकी अध्यक्ष कमला तुलाधरले भन्नि । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै भोलि काठमाडौँमा मार्च पास गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्