Logo

शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ: नेता पौडेल



फायल तस्बिर

तनहुँ , १८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३६औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभाको उद्घाटन गर्दै उनले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले सीपवान नागरिक तयार गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको औँल्याए । आदिकवि भानुभक्त क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, “सीपवान नागरिक उत्पादन गर्नुपर्छ, त्यसका लागि प्राविधिक शिक्षाको खाँचो छ । आदिकवि क्याम्पस अब उक्त बाटोमा अगाडि बढ्नुपर्छ ।”

वरिष्ठ नेता पौडेलले मुलुकको नेतृत्व गर्ने इच्छाशक्ति आफूमा रहेकाले अहिल्यै सक्रिय राजनीतिबाट विश्राम नलिने बताए । “सक्रिय राजनीतिबाट म अहिल्यै उन्मुख हुन्न”, उनले भने।

प्रतिक्रिया दिनुहोस्