Logo

शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छ: महासचिव पोखरेल



दाङ, ३ कात्तिक । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् ।

दाङको तुलसीपुर-६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिए ।

“सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो, हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो”, महासचिव पोखरेलले भने ।

उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ । कक्षा १२ मा व्यवस्थापन सङ्कायमा पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्