Logo

शिवलाई प्रसन्न पार्ने सोमबारको पूजा विधि र धार्मिक मान्यता



काठमाडौं, २१ पुष । सोमबारको दिन भगवान शिवको पूजा-आराधना गर्नु अत्यन्त शुभ मानिन्छ। धार्मिक मान्यता अनुसार यस दिन विधिपूर्वक पूजा गरेमा भगवान शिव छिट्टै प्रसन्न हुने विश्वास छ। भक्तजनहरूले विशेष गरी शिव मन्दिर पुगेर अर्धनारीश्वर पूजा गर्ने र ‘ऊँ नमः शिवाय’ मन्त्र जप गर्ने परम्परा रहेको छ।

यस अवसरमा शिवपुराणको पाठ गर्नु पुण्यदायी मानिन्छ। अविवाहित स्त्रीहरूले उत्तम वरको कामनाका लागि शिवपूजा गर्ने प्रचलन छ भने विवाहित स्त्रीहरूले परिवारको सुख–शान्ति र पतिको दीर्घायुको कामनासहित व्रत बस्ने गर्दछन्। सोमबारको व्रतमा एक छाक मात्र खाने र खानामा नुन–तेल प्रयोग नगर्ने नियम मानिन्छ।

हिन्दू दर्शनमा भगवान शिवलाई सृष्टिको संहारकर्ता तथा योगीस्वरको रूपमा वर्णन गरिएको छ। त्रिदेवमध्ये शिवलाई महादेव तथा महेश्वरका रूपमा मानिन्छ। शिवको सौम्य र रौद्र दुवै स्वरूप प्रसिद्ध छन् भने शिवलिङ्गलाई शक्ति र चेतनाको प्रतीकका रूपमा पूजा गरिन्छ।

प्रतिक्रिया दिनुहोस्