Logo

शिवसताक्षीका विद्यार्थीले मागे चर्पी भिक्षा



झापा, १० माघ । चर्पी नबनाएका घरधुरीलाई चर्पी बनाउन अनुरोध गर्दै झापा शिवसताक्षीका विद्यार्थीले सरसफाइ ¥याली र घरदैलो गरेका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने दूधे बजारबाट सुरु भएको विद्यार्थीको ¥यालीसहितको चर्पीको भिक्षा माग्ने कार्यक्रम किराँत चोकमा पुगेर समापन भएको थियो ।


“मानव सभ्यताको यो समयमा पनि खुल्लामा दिसा गर्ने वानीका कारण हाम्रो समाजको बेइज्जत र अपमान भैरहेको छ”, विद्यार्थीलाई हौसला थप्न पुगेका सतासी आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर थापाले भने, “त्यसैले विद्यार्थीसहितको सहभागितामा जनचेतनामूलक ¥याली र चर्पीको भिक्षा माग्ने कार्यक्रम गर्नुपरेको छ ।”
आफ्ना विद्यार्थीलाई सरसफाइ प्रवद्र्धनका सन्देश लेखिएका प्लेकार्डसहित चर्पीको भिक्षा माग्ने कार्यक्रममा हौसला दिइरहेका शिव आधारभूत विद्यालयका शिक्षक वासुदेव नेपाल त विद्यार्थीसहित चर्पी नबनाउने घरधुरीलाई सम्झाउन समेत पुगे । “हामीले विद्यालयमा सफा रहनुपर्छ भन्ने पढाएरमात्र के काम, घरमा नै चर्पी छैन भने ?”, नेपालले भने, “राजमार्गमा पर्ने नगरपालिका भएर पनि अझैसम्म खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन, त्यसैले आज सन्देशमूलक कार्यक्रम गर्नुपरेको छ।”


सधैंजसो विद्यार्थीलाई कक्षा कोठामा केन्द्रित गरेर पढाउने अंग्रेजी विद्यालयले समेत बुधबार विद्यार्थीलाई घरदैलोमा पठाए । ध्रुवतारा अंग्रेजी आवासीय विद्यालयका प्राचार्य भीम लिवाङले विद्यार्थीले लगाउने टाइ र यूनिफर्मलेमात्र सभ्यताको परिचय नदिने भएकोले विद्यार्थीलाई समुदायमा ल्याउनुपरेको बताए । “स्कूलभित्र यूनिफर्म लगाउँदैमा र अंग्रेजी बोल्दैमा सभ्य नभइँदोरहेछ, सरसफाइलाई जीवनपद्धति बनाउन सक्नुपर्ने रहेछ”, प्राचार्य लिवाङले भने, “अझै पनि चर्पी बनाउनुहोस् भन्दा झगडा गर्ने घरधुरी हाम्रोजस्तो नगरपालिकामा बाँकी रहेछन्, आफैलाई लाज लाग्यो ।”
विद्यार्थीलाई हौसाउन पुगे शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा । “आउँदो एक महिनाभित्र शिवसताक्षी नगरपालिकालाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याउनुपर्छ”, शेर्माले निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिंदै भने, “एक महिनाको कार्ययोजना बनाएर अभियानमा लाग्नुहोला । विद्यालयहरुले सेवा क्षेत्रस्तरीय कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनुहोला ।”
घरदैलो अभियानमा सहभागी भावना मिश्रले आफ्नो विद्यालयमा अध्ययनरत चर्पी नहुने साथीहरुको घरमा पुगेर अभिभावकलाई चर्पी बनाउनका लागि अनुरोध गर्ने बताइ । अर्का विद्यार्थी समिर श्रेष्ठले सामाजिक परिवर्तनका लागि विद्यार्थीहरु भोलिका कर्णधारमात्र नभै वर्तमानका साझेदार भएकोले सरसफाइ अभियानमा सक्रिय भएको बताए ।
९ हजार २ सय २३ घरधुरी रहेको शिवसताक्षी नगरपालिकाका ८ हजार ५२ घरमा सुरक्षित चर्पी रहेका छन् भने १ हजार १ सय ७१ घरधुरीमा सुरक्षित चर्पी बन्न बाँकी छ । “फाल्ुण १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गर्नेगरी दैनिक कार्ययोजना बनाएर अभियान अगाडि बढाइएको छ”, नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसमेत रहेका बिराट सामुदायिक अध्ययन केन्द्रका एरिया संयोजक किशोर बूढाथोकीले भने, “यसका लागि सम्पूर्ण संघसंस्था र निकायको जिम्मेवारीसहित कार्ययोजना तयार पारी परिचालनको काम भैरहेको छ ।”
शिवसताक्षी नगरपालिका वडा नं. ९ का अध्यक्ष छविलाल पाठकले सबैजना सरसफाइका साझेदार र सरोकारवाला भएकोले आफ्नो समुदायलाई खुल्ला दिसामुक्त र पूर्ण सरसफाइयुक्त बनाउन सबै संघसंस्था, निकाय र व्यक्तिहरु लाग्नुपर्ने बताए ।
कूल १५ स्थानीय तह रहेको झापा जिल्लामा दुई गाउँपालिकामात्र खुल्ला दिसामुक्त घोषणा भएका छन् भने अझै करिब २४ हजार घरधुरीमा सुरक्षित शौचालयको पहुँच पुग्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्