झापा, ९ जेष्ठ । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा(एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन् ।
एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।