Logo

शिवसताक्षीमा माओवादी केन्द्रद्वारा रक्तदान कार्यक्रम



 

झापा, ११ जेष्ठ । नेकपा माओवादी केन्द्रले झापामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शिवसताक्षी-२ स्थित मंगलबारे बजारमा माओवादी केन्द्रको आयोजना तथा नेपाल रेडक्रस दमकको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित ७५ जनाले रगत दान गरेका थिए ।

झापामा रगत अभाव भएको खबर आएकोले रगतको अभाव हुन नदिन रक्दान कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रका शिवसताक्षी-२ का वडाध्यक्ष भिम नेम्वाङले जानकारी दिए ।

‘हामीले संविधानले ५ बर्षमा पाएको मतदानको अधिकार प्रयोग गरिसक्यो’ माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले भने ‘साथीहरू निर्वाचनको कारण थकित नै थिए, तर रक्त अभावको खबर थाहा भएपछि कार्यक्रमको आयोजना गरेका हौं ।’

उक्त कार्यक्रममा नगर उपाध्यक्ष प्रेम याम्फु राई, वाइसिएल प्रदेश सदस्य भुवन राई, नगरका प्रशासकिय प्रमुख प्रकाश चौधरी, प्रेस क्लब शिवसताक्षीका अध्यक्ष सेलिङ केसी लगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्