Logo

शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति



झापा २८ मंसिर । बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।

चार दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई जिल्ला अदालत लगिएको थियो । प्रहरीको अनुसन्धान नसकिएकाले अदालतले पाँच दिनको थप म्यादको अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।

यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा पूर्व नगरप्रमुख शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मंसिर २५ गते पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्