काठमाडौँ, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट शनिबार सबै सांसदलाई शीतल निवासमा बोलाएकी छिन् ।
दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति सांसदहरूलाई डाकेको उनले बताए ।
सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन् ।







