Logo

शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै



काठमाडौँ, १२ असोज । सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्ने भएको छ ।

बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो ।

बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुई वटा मापदण्ड तय गरेको कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्