Logo

शुक्रबार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै जाने



काठमाडौं, १४ पुस । शुक्रबार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुँदै जानेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति पनि हिजो जस्तै बदली कायम रहको र आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले गए राति पनि देशभर बदली रहेको र पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको जानकारी दिनुभयो।

उहाले कालीकोट, डडेलधुराका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको बताउँदै कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको उल्लेख गर्नुभयो ।

लुम्बिनीका केही क्षेत्रमा हल्का पानी परेको भन्दै हुम्लासहित हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको उनले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्