Logo

शुद्धोधन गाउँपालिका १ को अध्यक्षमा एमालेका मुसलमान विजयी



कपिलवस्तु, १७ मंसिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्षमा नेकपा ९एमाले०का मोहम्मद ताहिर मुसलमान विजयी हुनुभएको छ । आइतबार समपन्न उपनिर्वाचनमा उनले एक हजार एक सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गर्नुभयो । जनमत पार्टीका सीताराम पटेल कुर्मीले चार सय २३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले तीन सय ४१, नेकपा ९माओवादी केन्द्र०का रफि मोहम्मद मुसलमानले एक सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाउनुभयो ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेकपा ९एकीकृत समाजवादी०का सुब्बा थारुले १५ र स्वतन्त्र उम्मेदवार अब्दुल अब्वल फकिरले एक मत पाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्