Logo

शुभमन गिललाई पछि पार्दै बाबर आजम एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा



काठमाडौँ, ४ पुस । पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसीसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

आईसीसीको पछिल्लो वरीयतामा भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै बाबर एकदिवसीय क्रिकेटको ब्याटरमा पहिलो नम्बरमा पुगेका हुन् । यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरको वरीयता गिलले खोसेका थिए ।

एकदिवसीय ब्याटिङ वरीयताको तेस्रो स्थानमा भारतका विराट कोहली छन् । यस्तै चौथो स्थानमा भारतकै कप्तान रोहित शर्मा छन् । वरीयताको पाँचौँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।

एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज यथावत् छन् । यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, तेस्रो स्थानमा भारतका मोहम्मद सिराज, चौथो स्थानमा अस्ट्रेलियाका एडम जम्पा र पाँचौँ स्थानमा भारतका जसप्रीत बुमराह छन् ।

प्रतिक्रिया दिनुहोस्