Logo

शेखर कोइराला समूहको बैठक बस्दै



काठमाडौँ,१६ असार । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बोलाइएको छ । आजको बैठकमा पार्टीको अन्तरिक र बाह्य विषयमा पनि छलफल हुने नेता गुरुराज घिमिरेले जानकारी दिए ।

पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट छ । पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ ।

पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्न पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्