Logo

‘शेखर पक्षका अनुशासनविपरीतका गतिविधि पार्टीले नियाल्दै छ’



काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेता डा.शेखर कोइराला पक्षले सञ्चालन गरेका पार्टी अनुशासनविपरीतका गतिविधि गम्भीरतापूर्वक नियालिएको बताएका छन् ।

आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको कांग्रेस समानुपातिकतर्फका उमेदवारको बन्दसूचीको विषयलाई लिएर शेखर पक्षले आपत्ति जनाएको छ । यही असोज १४ गतेसम्मको ‘अल्टिमेटम’ दिएर विरोधका कार्यक्रमको चेतावनी दिइएको छ । प्रवक्ता महतले यही बेला शेखर पक्षलाई प्रति चेतावनी दिएका हुन् ।

“एकपक्षीय रूपमा बन्दसूचीमा नाम सिफारिस गरियो भनियो, यसमा कुनै सत्यता छैन । निर्णय आमसहमति, पदाधिकारी पूर्वपदाधिकारीलगायत प्रदेश सभापति, अग्रणी नेता सामेल भएर सर्वसम्मत पेस भएको छ,” मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, “त्रुटि छ, तर पक्षपात भएको छैन । छलफल भएन भन्ने कुनै सत्यता छैन । अहिले यो कुराले १० प्रतिशत र यस्तो गर्छौँ, उस्तो गर्छौँ भन्ने कुरा वाञ्छनीय होइन ।”

प्रतिक्रिया दिनुहोस्