Logo

शेखर पक्षको निष्कर्ष: सरकारमाथि भ्रष्टाचारको आरोप लागेको छ, गम्भीर समीक्षा हुनुपर्छ



काठमाडौँ, २६ असार । सत्तारूढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आइतबार काठमाडौँको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा गरिनुपर्ने नेता चन्द्र भण्डारीले बताए । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापतिसमेत रहेका देउवाले पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्