Logo

शेखर समूहको बैठक बस्दै, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो



काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ ।

उक्त बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको हो ।

पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए ।

बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्