Logo

शेयर बजारको वृद्धि एक दिन पनि टिकेन



काठमाडौँ, २९ कार्तिक । पाँच दिनपछि साेमवार एक दिन बढेको शेयर बजार मङ्गलवार फेरि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५९ अङ्कले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ विन्दुमा झरेको छ । बैंक र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २९ वटा कम्पनीकाे २७ लाख ४५ हजार कित्ता शेयर एक अर्ब दुई करोड ३६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

 

प्रतिक्रिया दिनुहोस्