काठमाडौँ, २६ भदौ । शेयर बजार लगातार आइतवार पनि घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से ११ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव २८ विन्दुमा झरेको छ ।
नेप्से दिनदिनै घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आउन थालेको छ । गएको वर्षको साउनमा एकै दिन साढे २१ अर्ब रुपैयाँसम्मको कारोबार भएको नेप्सेमा अहिले दैनिक एक अर्ब रुपैयाँको समेत कारोबार हुन छाडेको छ ।
आज दुई सय २१ वटा कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको तीन करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो ।