काठमाडौँ, ११ फागुन । लामो समयपछि बुधवार बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ ।
आज शेयर बजार परिसूचक नेप्से ५७ दशमलव ७४ अङ्कले घटेर २ हजार २२ दशमलव ६४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा लघुवित्त समूहको शेयर ४ सय १२ अङ्कले घटेको छ । पछिल्लो केही समयदेखि लघुवित्तका कारण ऋणीहरू समस्यामा परेका खबरहरू आइरहेका थिए ।
शेयर बजार घटे पनि कारोबार रकम भने आज केही बढेको छ । आज २ सय ६० वटा कम्पनीका ६३ लाख २६ हजार कित्ता शेयर २ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।







