Logo

शेयर बजार आज उच्च अङ्कले बढ्यो



काठमाडौँ, ३ माघ । शेयर बजार आज उच्च अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७२ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज बैंकबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले बढको छ ।

बजार बढेको दिन दुई सय ५० वटा कम्पनीका एक करोड १८ लाख ८३ हजार कित्ता शेयर तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २३ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्