काठमाडौँ, ७ पुस । शेयर बजार आज खासै घटबढ भएको छैन ।
शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव शून्य एक अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २१ विन्दुमा झरेको छ ।
आज अन्य, म्युचल फन्ड र बैंक समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । कारोबार रकम भने आज बढेको छ ।
दुई सय ४७ वटा कम्पनीको ३१ लाख ११ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १४ करोड ९९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।







