Logo

शेयर बजार आज झन्डै १२ अङ्कले घट्याे



काठमाडौँ, १३ पुस । लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ ।

सोमवार र मङ्गलवार बढेको शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १५ विन्दुमा झरेको छ ।

आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

शेयर बजारसँगै आज कारोबार रकम पनि घटेको छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब १५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको आठ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्