Logo

शेयर बजार आज दोहोरो अङ्कले बढ्यो



काठमाडौँ, २३ फागुन । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से मंगलबार १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । बजार बढेको दिन दुई सय ६१ वटा कम्पनीका ४० लाख ५९ हजार कित्ता शेयर एक अर्ब २० करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको १२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्