Logo

शेयर बजार आज दोहोरो अङ्कले घट्यो



काठमाडौँ, १ चैत । मङ्गलवार सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेको दिन दुई सय ५३ वटा कम्पनीको ३७ लाख १६ हजार कित्ता शेयर एक अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्