Logo

शेयर बजार आज दोहोरो अङ्कले घटेर राताम्मे



काठमाडौँ, ८ चैत । शेयर बजार आज दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७६ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्