काठमाडौँ, २४ कात्तिक । लगातार चौथो दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ७० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २६ वटा कम्पनीको ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।







