Logo

शेयर बजार आज पनि घट्याे



काठमाडौँ, १० भदौ । शेयर बजार शुक्रवार पनि घटेको छ ।

बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव ६२ अङ्कमा झरेको छ ।

आज जीवन बीमा समूहको शेयर २९ अङ्कले बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय १३ वटा कम्पनीको ३५ लाख ८८ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्