काठमाडौँ, २७ भदौ । शेयर बजार सोमवार पनि घटेर राताम्मे भएको छ ।
लगातार आज छैटौँ दिन पनि बजार घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५९ अङ्कले घटेर एक हजार नौ सय १२ दशमलव ६९ अङ्कमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से घटेको दिन दुई सय २२ वटा कम्पनीको २६ लाख १३ हजार कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड सात लाख रुपैयाँको शेयर किनबेच भयो ।