काठमाडौँ, १० चैत । शेयर बजार आज पनि घटेको छ ।
बुधवार २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६ सय १३ दशमलव ६७ विन्दुमा झरेको छ ।
आज बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज दुई सय २४ वटा कम्पनीको ५२ लाख ९८ हजार कित्ता शेयर तीन अर्ब २४ करोड ८९ लाख रुपैयाँ कारोबार भएको छन् । जीवन विकास लघुवित्त कम्पनीको ३० करोड ६३ लाख र नेपाल दूरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।