Logo

शेयर बजार आज पनि घट्यो



काठमाडौँ, ३१ जेठ । शेयर बजार मङ्गलवार पनि घटेको छ । सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय ९६ दशमलव २६ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २३ वटा कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको चार करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्